Saturday, 25 April 2009
Chronicling the truth
Friday, 24 April 2009
Friday, 17 April 2009
My First Friend in Army Detention
Wednesday, 15 April 2009
" सरदारले उनको मुखमा पीसाब फेर्यो "
द्वन्द कालमा घटेका कतिपय घटना, आजभोलि सुन्दा जीउनै सिरिङ्ग हुन्छ । युद्द दबाउन राज्य वा सुरक्षानिकायहरुले गरेका हुन् वा बिद्रोहिले युद्दका नाममा गरेका हुन् , त्यस्ता कार्यहरुलाई कुनै पनि रुपमा जायज मान्नसकिदैन । १० बर्ष सम्म चलेको जनयुद्दको क्रममा हजारौ नेपालीले ज्यान गुमाउनु पर्यो ।
जनयुद्द सुरु भएकै महिना रुकुमको पिपल गाउँमा प्रहरिले छ जना खत्री बन्धुहरुलाई याताना दिएर निर्ममता पूर्वक मारेको थियो । यो घटना १० बर्से दोन्द्द कालमा भएका कैयन मध्यको एक हो । यस्ता घटनाले दोन्द्द घटाऊने भन्दा पनि बढाउने काम गर्यो । कन्हैयासिंह नामका प्रहरीको कमान्डमा घटेको त्यो घटनाले त्यो बेलामा राज्य दमनको अवस्था कस्तो थियो भनेर अनुमान लगाउन सकिन्छ । कन्हैयासिंह एक प्रहरीका कनिस्ठ अधिकारी थिए । २०५२ साल फागुन १५ गते रुकुमको पीपल गाउँ विकास समितिको मेलगैरीमा गोठमा सुतिरहेका किसान र विद्यार्थीको निर्ममतापूर्वक हत्या गरेर चर्चामा आएका कन्हैयाले २०५६ सालसम्ममा रकुममा सयौं सोझा
Monday, 13 April 2009
महिलालाई जिउँदै जलाइयो
हाम्रो नेपाली समाज पनि कति क्रुर भै सकेछ भन्ने कुरा चैत्र ३० गते घटेको यो घटनाले देखाउछ । हुनत: नेपालमा मान्छे मार्ने काम सामान्य भै सकेको छ । मान्छेहरुमा सम्बेदना हराइ सके पछि यस्ता काम हुने गर्छन् । दश बर्षको दोन्द्धले नेपालीलाई सम्बेदना हिन बनाए छ ।
बालकलाई अपहरण गरेको भन्दै धनुषाको भरतपुरमा एक महिलालाई स्थानीयवासीले जलाए छन् । भरतपुर ५ निवासी राजु विश्वकर्माको अढाई वर्षिय छोरा मनिष विश्वकर्मालाई अपहरण गर्ने प्रयास गरेको भन्दै महिलालाई जलाइएको बताइएको छ । आरोपित महिलालाई गाउँबाट नजिकै रहेको चारनाथ खोलामा गाउँलेले जिउँदै शरिरमा आगोलगाई हत्या गरेका हुन् । राती सवा नौ बजे तिर ती महिलालाई नियन्त्रणमा लिई गाउँले र पीडित परिवारले कुटपिट गरी गम्भीर घाईते बनाएका थिए।
मर्नु अघि महिलाले आफु सिमराको नरबर्ती ८ बस्ने धनमाया भेटवाल रहेको बताएकी थिइन् । उनि नेपाली भेषभुषाको देखिएपनि हिन्दीमा बोलेकी थिइन् । प्रहरी भोली पल्ट विहान १० बजे मात्र प्रहरी घटना स्थलमा पुगेको थियो। घटनास्थल भन्दा तीन किलोमिटर टाढा ईलाका प्रहरी कार्यालय रहेको छ। स्थानीय बासीका अनुसार घटना सम्बन्धमा प्रहरीलाई जानकारी भए पनि प्रहरीले त्यसलाई गम्भीर रुपमा लिएन ।
घटना अत्यन्त दु:खद हो । ती महिला ले गल्ती वा अपराध गरेकी हुन सक्छ । गाउलेहरुले पक्रिएर प्रहरिमा बुझाउन सक्थे । तर जम्मा भएको भिडले कुटेर मारे । घटना आक्रोसबाट घटेको भए पनि यस्ता कार्यले समाजलाई हिम्सात्मक बनाउदै लैजान्छ । हिजो अफ्रिकामा घटने यस्ता घटना हाम्रै घर आगनमा घट्न थालेछन् ।
Sunday, 12 April 2009
देश त सञ्चै छ, देशबासी बिमारी छन् ।
मेरो देशलाई त सञ्चै छ ।
देशबासी पो बिमार परे जस्तो छ ।
सुन्धारा अनि ढुङ्गे धारा उस्तै छन् ।
काठमाडौंलाई पो वाटर्-फोबिया भए जस्तो छ ।
भोटेकोशी अनि तामाकोशी बिजुलीले धपक्कै बलेको छ ।
मुलुकलाई पो लाइट-फोबोया भएको छ ।
राज्य अनि राजनीतिक दल पनि उस्तै छन् ।
जनता पो दण्ड हिनताको सिकार भएका छन त ।
"संपर्क हुन सकेन" शब्द सबैको कर्णप्रीय हुन खोज्दै छ ।
आजभोलि मेरो मोबाइल सेट्लाई टावोर-फोबिया लागे जस्तो छ ।
फोबिया नै फोबियाको प्याकेज निवारण गर्न
एउटा अलराउन्डर चिकित्सक चाहिएको जस्तो छ ।
वसुधा नेपाल
basudha_usa@yahoo.com
म नेपाली विद्यार्थी
मेरो परिचय नेपाली विद्यार्थी हो ।
नपत्याए मेरो परिचय-पत्र हेर्नुस् ।
साझ बिहान नेताको घर चाहरे पनि दिउसो क्याम्पस गएकै हुन्छु ।
काम चाँही क्याम्पसमा राजनीति गर्ने ।
मैले नपढे पछि, अरुले चाँही पढ्नु पर्छ भन्ने के छ र !
तेसैले म पनि पढ्दिन, अरुलाई पनि पढ्न दिन्न ।
कापी किताब त किनेकै छैन ।
नपढ्ने भए पछि किन चाहियो र त्यो !
झोलामा पर्चा पम्प्लेट बोकेकै छु ।
कहिले काही खुकुरी भाला पनि बोक्छु ।
कति उपयोगी छ त्यो ।
कलम जस्तो हो र लुते ।
क्याम्पसका झ्याल ढोका फुटाएर के भो र , मेरो घरको फुटाएको छैन ।
लाइब्रेरी जलाएर पनि के भो र, आखिर मैले नपढ्ने भए पछि ।
नपढे पनि विद्यार्थी नेता भएकै छु क्यारे ।
म नै हुँ भोलिको मन्त्री अनि प्रधान मन्त्री ।
हिजो क्याम्पस जलाउनेहरु आज मन्त्री भएकै छन ।
झन्डा हालेका गाडीमा हुईकिएकै छन ।
मैले पनि त उनिहरुबाट नै त सिके को हो नि राजनीति ।
मलाई देशको बारेमा के मत्लब !
मेरै भबिस्य मलाई थाहा छैन ।
म भोलिको कर्णधार ।
म नेपाली विद्यार्थी ।
जितमान बस्नेत
University of York
मगन्तेको बस्तिमा आज !
मगन्तेलाई बिदेशीले दान दिए रे !
मगन्तेका नेता बिदेश भ्रमणमा जाने रे ।
आखिर जहाँ गए पनि माग्नै जाने त हुन उनी ।
हामीलाई त्यो समाचार के अनौठो थियो र !
हिजो पनि मगन्तेहरु गएकै हुन ।
ईतिहास देखिनै मागेर गुजरा चल्दै छ ।
गौरब नै त हो त्यों पनि , आफूले गर्न नसके पछि ।
मागेर खान पल्केकाहरुलाई ।
आखिर हामी पनि मगन्तेकै सन्तान त हौ नि ।
कोही पशुपतिमा माग्छन ।
कोही ठमेलमा माग्छन ।
कोही बिदेशमा गएर माग्छन ।
जो जहाँ गएर मागे पनि मगन्ते नै त हो ऊ ।
कसैको माग्ने कला बेग्लै ।
कसैको माग्ने बिधी बेग्लै ।
कोही सुट लगाएर मागिरहेका छन ।
कोही नाङै मागिरहेका छन ।
आखिर जे लगाएर मागे पनि मगन्ते नै त हो ऊ ।
कोही पेटको लागि माग्छन ।
कोही रबाफको लागि माग्छन ।
कोही अरुलाई देखाएर माग्छन ।
कोही आँफैलाई देखाएर माग्छन ।
जो जस्लाई देखाएर मागे पनि मगन्ते नै त हो ऊ ।
मगन्तेहरुको बस्तिमा झगडा छ अचेल ।
कोही सडकमा त, कोही सँसदमा झगडा गर्दै छन ।
कोही माग्न नपाएर झगडा गर्दै छन ।
कोही भाग नमिलेर झगडा गर्दै छन ।
मगन्तेहरु माराकाटा गर्दै छन आफू आफूमा ।
तर
म भने कल्पना गर्छु ।
मगन्ते मालिक बन्ने दिन कहिले आउँला ?
मगन्तेले अरुलाई दिने दिन कहिले आउँला ?
जितमान बस्नेत
University of York
United Kingdom
Saturday, 11 April 2009
नयाँ बर्षले सु-बुद्धी देओस !
कति अर्काको कबिता मात्रै पढ्नु ? मलाई पनि कबिता लेखौ लेखौ जस्तो लागेर आयो । पत्रकारले कबिता लेखेको के ढंग पुग्थ्यो र ! अली मिलाएर पढ्नु होला । कबिता पढि सकेर, खुब अर्कालाई अर्ती दिने भएछ भन्नु होला नि । सिकारु कबिता हो यो ।
नयाँ बर्षले सु-बुद्धी देओस !
आफू आफूमा लडेर दुनियाँ हसाउने नेपालीहरुलाई ।
आँफै पढ्ने क्याम्पस र लाइब्रेरी जलाउने विद्यार्थीहरुलाई ।
अधिकारको नाममा बाटो थुनेर अरुलाई दु:ख दिनेहरुलाई ।
राजनीतिसँग जोडेर मान्छे मार्नेहरुलाई ।
अराजकतामा रमाउने राजनीतिक दलहरुलाई ।
कवै नचेतने हाम्रा नेताहरुलाई ।
हातमा दलको झन्डा बोकेर पत्रकारिता गर्नेहरुलाई ।
घर अगाडिको सडकमा फोहोर फ्याक्ने शहर बासीलाइ ।
सरकारमै बसेर सडक र संसद बन्द गर्ने, सरकारी पार्टीलाई ।
खाली सरकारको बिरोध मात्रै गर्ने प्रतिपक्षलाई ।
सेना र अदालत छुनै हुन्न भन्ने गणतन्त्र बादीहरुलाई ।
जिम्मेवारी र कर्तब्य भुलेका कर्मचारीहरुलाई ।
सिपाहीलाई अर्दली राख्न्ने जर्साबहरुलाई ।
सबैको बुद्धि फिरोस
नयाँ बर्षको शुभकामना !
जितमान बस्नेत
University of York
England
Thursday, 9 April 2009
Unforgatable Dreams
Tuesday, 7 April 2009
My First Night in Army Custody
February 4, 2004
Dark Days inside Bhairabnath Barrack
More than a thousand people were imprisoned, tortured, or killed right in the middle of the capital
Kunda Dixit
नेपाली टाईम्स
Every day, tens of thousands of commuters, civil servants, diplomats travel up and down Maharajganj. The Foreign Ministry and Teaching Hospital are across the street.
Yet, just over the wall inside Mohan Shumshere's former palace at Laxmi Nibas, which
Saturday, 4 April 2009
समयले धोका दिए पछि
लन्डन् किङ क्रस स्टेसनमा पिस ब्रिगेडकी louise Winstanley पर्खेर बसेकी छिन् मिटिङमा सँगै जान भनेर । घटनाको काहानी बताउन म सँग उनको फोन छैन । उता मिटिङमा जसरी भए पनि नपुगी भएको छैन । उपाए खोज्न फेरी काउन्टर तिर लाग्छु । तपाईंले अर्को टिकट लिनु पर्छ - काउन्टरबाट जवाफ मिल्छ । टिकेट को मुल्य ८४ पाउन्ड, झन्डै १०,००० नेपाली रुपैया । York बाट लण्डन पुग्न २ घण्टा लाग्छ । फेरी अर्को समस्या । नजाउ भने त्यति महत्वोपूर्ण छलफल कार्यक्रम , जाउ भने दोहोरो खरच, त्यस्मा पनि १ घण्टा ढिलो । म दो मनमा पर्छु । हैन, जानै पर्छ - मेरो भित्री मनले भन्छ । टिकट किन्छु । रेल भित्र छिर्छु । दिमागमा त्यही घटना घुमी रहन्छ । म दोस लिन तयार छैन । मेरो के गल्ति छ र ! मन मनै सोच्छु । मलाई थाहा छ , मैले त्यसो भनेर सुख पाउनेवाला पनि छैन ।
समयको बहुत ख्याल गरिने युरोपमा म झन्डै १ घण्टा ढिलो गरी लन्डन् पुग्छु । पर्खेर बसेकी लुईसलाई भेट्छु , शिर निहुरिन्छ । माफी माग्छु । वास्तविकता बुझाउने प्रयास गर्छु । हामी दुबै जना गन्त्ब्य तर्फ लाग्छौ ।
जितमान बस्नेत