Saturday 11 April 2009

नयाँ बर्षले सु-बुद्धी देओस !


कति अर्काको कबिता मात्रै पढ्नु ? मलाई पनि कबिता लेखौ लेखौ जस्तो लागेर आयो । पत्रकारले कबिता लेखेको के ढंग पुग्थ्यो र ! अली मिलाएर पढ्नु होला । कबिता पढि सकेर, खुब अर्कालाई अर्ती दिने भएछ भन्नु होला नि । सिकारु कबिता हो यो ।


नयाँ बर्षले सु-बुद्धी देओस !



आफू आफूमा लडेर दुनियाँ हसाउने नेपालीहरुलाई ।


आँफै पढ्ने क्याम्पस र लाइब्रेरी जलाउने विद्यार्थीहरुलाई ।


अधिकारको नाममा बाटो थुनेर अरुलाई दु:ख दिनेहरुलाई ।


राजनीतिसँग जोडेर मान्छे मार्नेहरुलाई ।



अराजकतामा रमाउने राजनीतिक दलहरुलाई ।


कवै नचेतने हाम्रा नेताहरुलाई ।


हातमा दलको झन्डा बोकेर पत्रकारिता गर्नेहरुलाई ।


घर अगाडिको सडकमा फोहोर फ्याक्ने शहर बासीलाइ ।


सरकारमै बसेर सडक र संसद बन्द गर्ने, सरकारी पार्टीलाई ।



खाली सरकारको बिरोध मात्रै गर्ने प्रतिपक्षलाई ।


सेना र अदालत छुनै हुन्न भन्ने गणतन्त्र बादीहरुलाई ।


जिम्मेवारी र कर्तब्य भुलेका कर्मचारीहरुलाई ।


सिपाहीलाई अर्दली राख्न्ने जर्साबहरुलाई ।



सबैको बुद्धि फिरोस



नयाँ बर्षको शुभकामना !



जितमान बस्नेत

University of York

England