Monday 13 April 2009

महिलालाई जिउँदै जलाइयो

जितमान बस्नेत
हाम्रो नेपाली समाज पनि कति क्रुर भै सकेछ भन्ने कुरा चैत्र ३० गते घटेको यो घटनाले देखाउछ । हुनत: नेपालमा मान्छे मार्ने काम सामान्य भै सकेको छ । मान्छेहरुमा सम्बेदना हराइ सके पछि यस्ता काम हुने गर्छन् । दश बर्षको दोन्द्धले नेपालीलाई सम्बेदना हिन बनाए छ ।
बालकलाई अपहरण गरेको भन्दै धनुषाको भरतपुरमा एक महिलालाई स्थानीयवासीले जलाए छन् । भरतपुर ५ निवासी राजु विश्वकर्माको अढाई वर्षिय छोरा मनिष विश्वकर्मालाई अपहरण गर्ने प्रयास गरेको भन्दै महिलालाई जलाइएको बताइएको छ । आरोपित महिलालाई गाउँबाट नजिकै रहेको चारनाथ खोलामा गाउँलेले जिउँदै शरिरमा आगोलगाई हत्या गरेका हुन् । राती सवा नौ बजे तिर ती महिलालाई नियन्त्रणमा लिई गाउँले र पीडित परिवारले कुटपिट गरी गम्भीर घाईते बनाएका थिए।
मर्नु अघि महिलाले आफु सिमराको नरबर्ती ८ बस्ने धनमाया भेटवाल रहेको बताएकी थिइन् । उनि नेपाली भेषभुषाको देखिएपनि हिन्दीमा बोलेकी थिइन् । प्रहरी भोली पल्ट विहान १० बजे मात्र प्रहरी घटना स्थलमा पुगेको थियो। घटनास्थल भन्दा तीन किलोमिटर टाढा ईलाका प्रहरी कार्यालय रहेको छ। स्थानीय बासीका अनुसार घटना सम्बन्धमा प्रहरीलाई जानकारी भए पनि प्रहरीले त्यसलाई गम्भीर रुपमा लिएन ।
घटना अत्यन्त दु:खद हो । ती महिला ले गल्ती वा अपराध गरेकी हुन सक्छ । गाउलेहरुले पक्रिएर प्रहरिमा बुझाउन सक्थे । तर जम्मा भएको भिडले कुटेर मारे । घटना आक्रोसबाट घटेको भए पनि यस्ता कार्यले समाजलाई हिम्सात्मक बनाउदै लैजान्छ । हिजो अफ्रिकामा घटने यस्ता घटना हाम्रै घर आगनमा घट्न थालेछन् ।