Sunday 12 April 2009

देश त सञ्चै छ, देशबासी बिमारी छन् ।



मेरो देशलाई सञ्चै

देशबासी पो बिमार परे जस्तो छ ।


सुन्धारा अनि ढुङ्गे धारा उस्तै छन् ।

काठमाडौंलाई पो वाटर्-फोबिया भए जस्तो छ ।


भोटेकोशी अनि तामाकोशी बिजुलीले धपक्कै बलेको छ ।

मुलुकलाई पो लाइट-फोबोया भएको छ ।


राज्य अनि राजनीतिक दल पनि उस्तै छन् ।

जनता पो दण्ड हिनताको सिकार भएका छन त ।


"संपर्क हुन सकेन" शब्द सबैको कर्णप्रीय हुन खोज्दै छ ।

आजभोलि मेरो मोबाइल सेट्लाई टावोर-फोबिया लागे जस्तो छ ।


फोबिया नै फोबियाको प्याकेज निवारण गर्न

एउटा अलराउन्डर चिकित्सक चाहिएको जस्तो छ ।



वसुधा नेपाल

basudha_usa@yahoo.com